मिनिबस विद्युतीय धरापमा पर्दा अफगानिस्तान नौ जनाको मृत्यु

Newslaya Home

मिनिबस विद्युतीय धरापमा पर्दा अफगानिस्तान नौ जनाको मृत्यु

आइतबार ०१, भदौ २०७६

काठमाण्डौ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा धराप बिस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त धरापमा एउटा मिनिबस परेको थियो ।

मिनिबसलाई लक्षित गरी भएको आक्रमणमा नौ जना निर्दोष व्यक्ति मारिएको जनाइएको छ । मृतक र घाइतेलाई स्थानीय जिल्ला अस्पतालमा लगिएको छ । घटनामा केही व्यक्ति गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

उनले आक्रमणमा तालिबान समूह जिम्मेवार रहेको दाबी गरे। तालिबान समूहले सुरक्षा फौजलाई लक्षित गरी बारुदी सुरुङ बिछ्याउने गरेका छन् । यस्ता बिस्फोटबाट सामान्यतया सर्वसाधारणको मृत्यु बढी हुने गरेको छ ।