चलचित्र ‘मिराज’ को ट्रेलर सावर्जनिक (भिडियोसहित)

Newslaya Home

चलचित्र ‘मिराज’ को ट्रेलर सावर्जनिक (भिडियोसहित)

आइतबार ०१, भदौ २०७६

इटहरी । चलचित्र ‘मिराज’ को ट्रेलर युट्युबमा सावर्जनिक गरिएको छ । निर्देशक प्रकश सुब्बाले निर्देशन गरेको चलचित्रमा निर्देशक आफै दोहोरो भुमिका देखिएका छन् । यो भुमिकाका लागी उनले २२ के जि तौल घटाएर सानो बालक जस्तै देखिएका थिए ।

समाज र घर घरमा भएको कथालाई लिएर सस्पेन्स र बालमनोबिज्ञानमा आधारित कथामा फिल्म बनाइएको उनले बताए । यो प्रयोगात्मक चलचित्र पुर्वका विभिन्न ठाउँमा छायांकन गरिएको थियो । चलचित्र असोजमा प्रर्शनमा आउने जनाइएको छ ।

चलचित्रमा अशोक चेम्जोङ, गुरु लामा कार्की, रुबि आचार्य, शिशिर सुबेदी, कबिता गेलाल, केशव रायमाझि, सरोज केसी, दिनेश कोइराला, तीर्थ याक्सो, जगदिश कार्की, देवेन्द्र चौधरी, भिम लामा, सन्तोष सरकार, सागर बिस्ट, मातृका आचार्य र प्रकाश सुब्बालगायतले अभिनय गरेका छन् ।