आर्यन र मिरुनाको चलचित्र ‘च च हुई’ को फस्टलुक सार्वजनीक

Newslaya Home

आर्यन र मिरुनाको चलचित्र ‘च च हुई’ को फस्टलुक सार्वजनीक

आइतबार ०१, भदौ २०७६

काठमाण्डौ । चलचित्र ‘च च हुई’को फस्टलुक सार्वजनीक गरिएको छ । सार्वजनिक दुई पोष्टरमा नायक आर्यन सिग्देललाई कमेडी अवतारमा देख्न सकिन्छ । उनको साथमा पोष्टरमा नायिका मिरुना मगर र कलाकार भोलाराज सापकोटालाई देख् सकिन्छ । कलाकार माओत्से गुरुङ पनि फस्टलुकमा देखिएका छन् ।

मंसिर ६ गते प्रदर्शन मिति तय गरेसँगै चलचित्रको प्रचार आरम्भ गरिएको हो । अमृत घोले लामाले निर्माण गरेको चलचित्रमा आर्यन र मिरुनाले पहिलो पटक पर्दा शेयर गरेका हुन् । चलचित्रलाई साम्तेन भुटियाले सम्पादन तथा निर्देशन गरेका हुन् भने सुशन प्रजापति चलचित्रका छायांकार हुन् ।

सिजन दाहाल र सन्देश अर्यालको चलचित्रमा पटकथा छ । राजराज सिवाकोटी, सुरज शाही कठुरी र रोशन थापा चलचित्रका संगीतकार हुन् । चलचत्रिमा श्री श्रेष्ठको एक्सन, शिशिर खातीको कोरियोग्राफी छ ।