वंशाणुगत रोग परीक्षण गर्ने अत्याधुनिक ल्याब अब नेपालमै

Newslaya Home

वंशाणुगत रोग परीक्षण गर्ने अत्याधुनिक ल्याब अब नेपालमै

आइतबार ०१, भदौ २०७६

काठमाडौं । अब नेपालमै वशांणुगत रोगसम्बन्धी सबै परीक्षण सम्भव हुने भएको छ । नोभा इन्टरनेशनल डाइग्नोस्टिकले अत्याधुनिक प्रविधि सहितको ल्याब स्थापना गरेसँगै वंशाणुगत रोगको परीक्षण नेपालमै सम्भव देखिएको हो।

ललितपुरको कुसुन्तीमा रहेको सो ल्याब शनिबार देखि सञ्चालनमा आएको हो। उक्त ल्याबमा मा डाउन सिन्ड्रोम, मस्कुलर डिस्ट्रोफी लगायतका वंशाणुगत रोग सजिलै पहिचान गर्न सकिने बताइएको छ।

नेपालमा यस प्रकारको अत्याधुनिक प्रविधिसहितको नोभा इन्टरनेशनल डाइग्नोस्टिक पहिलो भएको वंशाणुगत रोग विशेषज्ञ डा नीलम ठाकुरले बताएकी छन् । जसमा धेरै प्रकारका परीक्षण गर्न सकिन्छ जुन यसअघि भारतलगायत अन्य देशमा पठाउने गरिन्थ्यो।

स्थापनाको अवसरमा नोभाले एक महिनाका लागि आफना सबै बिरामीलाई सबै प्रकारका जाँचमा २५ प्रतिशत छुट दिएको संस्थाले जनाएको छ ।