घट्यो सुनको मूल्य

Newslaya Home

घट्यो सुनको मूल्य

आइतबार ०१, भदौ २०७६

काठमाडौं । आइतवार सुनको मूल्य ५ सय रुपैयाँ घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहको छ । छापावाल सुन तोलाको ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार छापावाल सुन तोलामा ७१ हजार ५०० रुपैयाँमा कारोबार भएको भएको थियो, आइतबार घटेर ७१ हजारमा कारोबार भएको हो । तेजावी सुन तोलाको ७० हजार ७०० मा कारोबार भइरहेको छ ।

चाँदी भने तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ ।