यस्ता छन् कागतीका फाइदा

Newslaya Home

यस्ता छन् कागतीका फाइदा

आइतबार ०१, भदौ २०७६

एउटा सानो कागतीले हामीलाई कतिसम्म फाइदा गर्छ भन्ने कुरा सुनेर तपाई अचम्ममा पर्न सक्नुहुन्छ । कागतीले शरीरको रोगसँग लड्ने क्षमता बढाउनुका साथै हरेक प्रकारको रोगबाट टाढा राख्न मद्दत पुर्याउँछ । आउनुहोस् कागतीका फाइदाबारे जानौं ।

१. सँधैजसो खानामा कागतीको सेवनबाट भिटामिन सी प्राप्त हुन्छ । जसले शरीरको रोगसँग लड्ने प्रतीरक्षा प्रणालीलाई बलियो राख्छ ।

२. कागतीलाई दुई भागमा काटेर सानो तावामा राखेर सेक्ने । त्यसपछि त्यसमा सीदेनुन राखेर चुसेमा पित्तको खराबीलाई तुरुन्त निको पार्छ ।

३. बिहान र बेलुका एक गिलास पानीमा एक कागती निचोरेर पिउने गरेमा तौल कम गर्न मद्दत पुग्छ ।

४. मनतातो पानीमा कागती सँगै मह मिसाएर खाएमा पाचन शक्ति बढाउँछ । यसका साथै भोक जगाउन पनि मद्दत पुर्याउँछ ।

५. आधा कागतीको रस र दुई चम्चा मह मिलाएर चाटेमा खोकी तथा ज्वरोलाई निको पार्छ ।

६. कागतीले मष्तिकको तन्तुलाई शान्त राख्ने गर्दछ ।

७. कागतीको रसलाई तीन चम्चा चिनी दुई चम्चा पानी मिसाई घोलेर कपालको जरामा लगाउने र एक घण्टापछि नुहाउँदा कपालको जरालाई बलियो बनाई कपाल झर्नबाट पनि बचाउँछ ।

८. पाइल्सको बिरामीले दिसा गर्दा रगत आउँदा काटेको आधा टुक्रा कागतीमा थोरै सीदेनुन मिसाएर चुसेमा रगत आउन दिँदैन ।