वैवाहिक समारोहमा बम बिस्फोट, थुप्रै हताहत भएको आशंका

Newslaya Home

वैवाहिक समारोहमा बम बिस्फोट, थुप्रै हताहत भएको आशंका

आइतबार ०१, भदौ २०७६

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा शनिबार राति भएको एक वैवाहिक समारोहमा आत्मघाती बम विष्फोट हुँदा थुप्रै हताहत भएको आशंका गरिएको छ ।

विवाह चलिरहेको एक हलमा बिष्फोट हुँदा थुप्रैलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको बीबीसीले जनाएको छ । प्रत्यक्षदर्शीले घटनास्थलमा थुप्रै शव देखेको बताए पनि यकिन विवरण आउन सकेको छैन ।

सो इलाका अल्पसंख्यक शिया हजारा मुसलमानको बाहुल्य रहेको छ । उक्त घटनाको जिम्मा कसैले लिएको छैन ।