सिजनको सुरुवातमा रियल मड्रिडको शानदार जित, लुका मोड्रिकले पाए रेड कार्ड

Newslaya Home

सिजनको सुरुवातमा रियल मड्रिडको शानदार जित, लुका मोड्रिकले पाए रेड कार्ड

आइतबार ०१, भदौ २०७६

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले सेल्टा डी भिगोलाई ३–१ ले पराजित गरेको छ । रियल मड्रिडको जितमा करिम बेन्जिमा, टोनी क्रस र लुकास भाज्क्वेजले गोल गरेका हुन् । सेल्टाका लागि लोसाडाले एक गोल फर्काए ।

१२ औँ मिनेटमा बेन्जिमाको गोलबाट रियल मड्रिडले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । अवे मैदानमा भएको खेलमा दोस्रो हाफमा रियल मड्रिडले थप दुई गोल गरेको हो । ६१ औँ मिनेटमा क्रस र ८० औँ मिनेटमा भाज्क्वेजले गोल गरे । सेल्टाका लागि इन्जुरी समयको पहिलो मिनेटमा एकर लोसाडाले एक गोल फर्काएका हुन् ।

सेल्टाका ब्राइस मेन्डेजले पहिलो हाफमा नै गोल गरेका थिए, तर भिएआर मार्फत अफसाइड देखिएपछि सो गोलले मान्यता पाएन ।

यो खेलमा रियल मड्रिड दोस्रो हाफको अधिकांश समय दुई खेलाडीमा सीमित भएको थियो । ५६ औँ मिनेटमा लुका मोड्रिक सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । डेनिस स्वारेजसँगको च्यालेन्जका लागि लुकाले रातो कार्ड पाएका हुन् ।

ला लिगा अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा कालोर्काले एइबरलाई २–१ तथा ओसासुनाले लेगानेसलाई १–० ले पराजित गरे । यस्तै भिल्लारियल र ग्रानाडाले ४–४ तथा भ्यालेन्सिया र रियल सोसिडाडले १–१ को बराबरी खेलेका छन् ।