चार कार्यकर्तााद्वारा विप्लव समूह परित्यागको घोषणा

Newslaya Home

चार कार्यकर्तााद्वारा विप्लव समूह परित्यागको घोषणा

शनिबार ३२, साउन २०७६

रुकुम । विप्लव समूहका सक्रिय चार जनाले सो समूह परित्याग गरेका छन् । उनीहरूले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई परित्याग गरेका हुन् ।

विप्लव समूह परीत्याग गर्नेमा भूमे गाउँपालिका–६ महतका ३० वर्षीय बटकुमार बुढा, सोही ठाउँका १९ वर्षीय विनोद छिनाल, २४ वर्षीय महेश सुनार र रोल्पा थवाङ गाउँपालिका–१ खेराबवाङ घर भई हाल रुकुमपूर्व भूमे–२ गाबाङमा बस्दै आएका २५ वर्षीय बालकुमार बुढा रहेका छन् ।