कतारमा रहेका पतिको मृत्यु भएपछि गर्भवती महिलाद्वारा आत्महत्या

Newslaya Home

कतारमा रहेका पतिको मृत्यु भएपछि गर्भवती महिलाद्वारा आत्महत्या

शुक्रबार ३१, साउन २०७६

सुनसरी । रोजगारीका लागि कतारमा रहेका पतिको मृत्यु भएको खबर आएपछि ७ महिनाकी गर्भवती महिलाले आत्महत्या गरेकी छन् ।

गत आइतबार धनकुटाको साँगुरीगढी–३ का ३३ वर्षीय ललितबहादुर लिम्बू बिदाको उपयोग गर्दै अलखेर समुद्र किनारमा पौडी खेल्ने क्रममा छालले बगाए मृत्यु भएको धनकुटा सेवा समाज कतारका महासचिवले जनाएका छन् ।

उक्त घटना फोनबाट जानकारी पाएपछि मोरङको सुन्दरहरैंचा–५ सिद्धार्थ टोल बस्दै आएकी पत्नी ३१ वर्षीया टीकाकुमारी थापा लिम्बूले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

सात महिनाकी गर्भवती उनले सोमबार साँझ ६ बजे बाथरुममा झुन्डिएर आत्महत्या गरेकी हुन् । बाथरुममा पसेर टीकामायाले पोखरामा रहेका भाइलाई मोबाइलमा आफूले आत्महत्या गर्ने म्यासेज पठाएकी थिइन् ।