विद्युतीय धरापमा परी झापामा एक वृद्धाको मृत्यु

Newslaya Home

विद्युतीय धरापमा परी झापामा एक वृद्धाको मृत्यु

शुक्रबार ३१, साउन २०७६

भद्रपुर । जंगली हात्ती नियन्त्रणमा लागि राखिएको विद्युतीय धरापमा परी एक वृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका–९ स्थित माथिल्लो मागुरमाडीकी ६० वर्षीया गङ्गा थपलिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नै घरको पछाडि पट्टीको खेतबारीमा जंगली हात्ती नियन्त्रणका लागि राखिएको विद्युतीय धरापमा परी थपलियालाई बिहीबार राति करेन्ट लागेको थियो।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। वृद्धाको शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइएको छ।