झापाबाट लागूऔषध गाँजासहित तीन जना पक्राउ

Newslaya Home

झापाबाट लागूऔषध गाँजासहित तीन जना पक्राउ

शुक्रबार ३१, साउन २०७६

झापा । झापाबाट प्रहरीले १२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्यूरोले विशेष सुराकीको आधारमा शिवसताक्षी नगरपालिका–११, दूधेबाट बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीयवासी दिलबहादुर मगर, नरबहादुर मगर र ताराबहादुर कुँवर छन् । दिलबहादुरको घरबाट आठ किलो, नरबहादुरको घरबाट तीन किलो र कुँवरको घरबाट एक किलो गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

तीनै जनाले पाँचथरबाट गाँजा खरीद गरेर ल्याउने र झापाका विभिन्न स्थानमा बिक्री गर्ने गरेको खुलेको छ । तीनै जनालाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको प्रहरीले जनाएको छ ।