बलिउड अभिनेता ऋतिक रोशन विश्वकै ह्याण्डसम

Newslaya Home

बलिउड अभिनेता ऋतिक रोशन विश्वकै ह्याण्डसम

शुक्रबार ३१, साउन २०७६

काठमाडौं । ऋतिक रोशनलाई बलिउडका उत्कृष्ट अभिनेताको रुपमा चिनिन्छ । आकर्षक शरीर र राम्रो अभिनयका कारण उनी सँधै चर्चा रहँदै आएका छन् । भारतीय मिडियाहरुका अनुसार अभिनेता ऋतिक ‘टप पाँच मस्ट ह्याण्डसम म्यान इन द वल्र्ड अगष्ट २०१९’को सूचीमा पहिलो नम्बरमा छन् ।

यो सूचीमा क्रिश इभान्स, डेबिड हेकह्याम, रोबर्ट प्याटिन्सन लगाएतको नाम उल्लेख छ । एक्शन, डान्स लगायत सबै बिधामा ऋतिक उत्कृष्ट मानिन्छन् । केही समय अघि मात्रै उनको फिल्म ‘सुपर ३०’ दर्शकमाझ प्रदर्शनमा आएको थियो । यो फिल्ममा उनले गणितशास्त्री आनन्द कुमारको भूमिका निभाएका थिए ।

उनको नयाँ फिल्म ‘वार’ हो । यो फिल्ममा अर्का एक्शन अभिनेता टाइगर श्रफ पनि मुख्य भूमिकामा छन् । यो फिल्म २ अक्टोवरबाट प्रदर्शनमा आउँदैछ ।