‘ला लिगा’को नयाँ सिजन आजबाट सुरु हुँदै

Newslaya Home

‘ला लिगा’को नयाँ सिजन आजबाट सुरु हुँदै

शुक्रबार ३१, साउन २०७६

काठमाडौं । स्पेनिस लिग फुटबल ‘ला लिगा’को नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ । आज राति साविक विजेता बार्सिलोनाले एथ्लेटिक बिल्बाओसँग खेल्दै लिगको सुरुवात गर्नेछ ।

यो खेलमा बार्साका स्टार खेलाडी लियोनल मेस्सी हुने छैनन् । चोटका मेस्सी अहिले टिमभन्दा बाहिर छुट्टै अभ्यास गरिरहेका छन् । मेस्सी पूर्णरुपमा फिट नभएकाले आफुले कुनै जोखिम उठाउन नचाहेको बार्सिलोनाका मुख्य प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले बताएका छन् ।

स्पेनिस लिग फुटबलमा पहिलो हप्ताका अन्य खेलहरुमा रियाल मड्रिडले सेल्टा भिगोसँग खेल्दा एथ्लेटिको मड्रिडको भिडन्त गेटाफेसँग हुनेछ ।