काठमाडौंबाट रौतहट जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १५ जना घाइते

Newslaya Home

काठमाडौंबाट रौतहट जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १५ जना घाइते

शुक्रबार ३१, साउन २०७६

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१९ नेवार पानीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु गएको छ भने १५ जना घाइते भएका छन् ।

शुक्रबार बिहान झण्डै साढे २ बजे काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा परि मृत्यु हुनेमा सर्लाही जिल्ला रामनगर बोरहवा गाउँपालिका–५ का ५८ वर्षीय मुकेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

घाइते १५ जनामध्ये ८ जना हेटौँडाको चुरेहिल अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको, चार जनाको भरतपुर अस्पतालमा उपचार भैरहेको र अन्य तीन जनाको चुरेहिल अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।