झापामा क्यान्सर अस्पताल सञ्चालनमा आउने

Newslaya Home

झापामा क्यान्सर अस्पताल सञ्चालनमा आउने

बिहीबार ३०, साउन २०७६

झापा । आमामी पुसदेखि झापाको बिर्तामोडमा क्यान्सर अस्पताल सञ्चालनमा आउने भएको छ ।

बीएण्डसी अस्पताल मातहतमा रहने सो पुर्वाञ्चल क्यान्सर अस्पतालको भवन निर्माण अन्तिम चरणमा पुग्नुको साथै ३ वटा रेडिएसन मेसिन खरिद गरी जडानको प्रक्रियामा रहेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्रकुमार यादवले जानकारी दिएका छन् ।

यादवका अनुसार दुई वर्षअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृति लिएर भवन निर्माणको काम थालेको हो ।

आफूसमेत क्यान्सर पीडित भएर भारतमा उपचार गराउनु पर्ने बाध्यात्मक परिस्थिति रहेको र यस्तो समस्या अन्य नेपालीले नभोगुन् भनेर चाँडो काम भइरहेको उनले बताएका छन् ।

अस्पतालको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको र विभिन्न मेसिन तथा उपकरणहरू जडानको काम भइरहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिएका छन् ।

प्रदेश एक र दुईमा क्यान्सर अस्पताल नहुँदा क्यान्सरका बिरामीले उपचारका लागि अन्य ठाउँ जानुपर्ने बाध्यता रहँदै आएको छ।