नेइमारलाई भित्र्याउने बार्सिलोना र रियलको प्रस्ताव पिएसजीद्वारा अस्विकार

Newslaya Home

नेइमारलाई भित्र्याउने बार्सिलोना र रियलको प्रस्ताव पिएसजीद्वारा अस्विकार

बिहीबार ३०, साउन २०७६

काठमाडौं । स्पेनिस महारथी फुटबल क्लबद्वय बार्सिलोना र रियल म्याड्रिडले ब्राजिलियन फरवार्ड नेइमारलाई भित्र्याउन गरेको प्रस्तावलाई फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अस्विकार गरेको छ ।

नेइमारलाई भित्र्याउन बार्सिलोनाले १०० मिलियन युरो र फिलिप काउन्टिन्हो दिने प्रस्ताव गरेको थियो । काउन्टिन्होको सट्टा इभान राकिटिकलाई पिएसजी पठाउने प्रस्ताव गरिएको बताइएको थियो ।

रियल म्याड्रिडले रकमसहित गारेथ बेल र जेम्स रोद्रिगेज पिएसजी पठाउने प्रस्ताव गरेको थियो ।

तर दुवै क्लबको प्रस्तावलाई पिएसजले अस्विकार गरेको छ । यद्यपी रियलको प्रस्तावमा पिएसजीले छलफल गरिरहेको बताइएको छ भने थप एक खेलाडी माग गरेको छ ।

सन् २०१७ मा बार्सिलोनाबाट २२२ मिलियन युरोमा पिएसजीमा आबद्ध भएर नेइमार विश्वकै महँगा खेलाडी बनेका थिए ।