गोसाइकुण्ड मेला गएका एक जनाको लेक लागेर मृत्यु

Newslaya Home

गोसाइकुण्ड मेला गएका एक जनाको लेक लागेर मृत्यु

बिहीबार ३०, साउन २०७६

रसुवा । गोसाइकुण्ड मेला दर्शनका लागि पुगेका एक जनाको रसुवामा लेक लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक स्थायी घर भई हाल काठमाडौं मुलपानी बस्ने २३ वर्षका दीपक थापा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको राति पौने तीन बजे मृत्यु भएको हो ।

गोसाइकुण्ड स्थित नमस्ते होटेलमा बसेका थापा बिरामी भएपछि स्वास्थ्य शिविरमा खटिएका चिकित्सकले उपचार गरेका थिए । ८ बजे शिविरमा उपचार थालिएको थापाको राति पौने तीन बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको हो ।