नेपाल राष्ट्र बैंकमा भारतीय रुपैयाँको अभाव

Newslaya Home

नेपाल राष्ट्र बैंकमा भारतीय रुपैयाँको अभाव

बिहीबार ३०, साउन २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकमा भारतीय रुपैयाँको अभाव भएको छ । भारतीय रुपैयाँको अभाव हुन थालेपछि सर्वसाधारण अत्यावश्यक अवस्थामा समेत सटही सुविधा पाउन बाट बञ्चित भएका छन् ।

राष्ट्र बैंकले सर्वसाधारणको सहज पहुँचका लागि वाणिज्य बैंकहरुलाई हरेक साता पाँच लाख भारु दिँदै आएकोमा केही सातायता १५ दिनमा एकपटक मात्र उक्त परिमाणको भारु दिँदै आएको छ ।

वाणिज्य बैंकले राष्ट्र बैंकले सीमित भारु उपलब्ध गराएकाले सर्वसाधारणलाई मागअनुसार भारु दिन नसकिएको बताएका छन् ।