आज प्रदेश २ मा सार्वजनिक बिदा

Newslaya Home

आज प्रदेश २ मा सार्वजनिक बिदा

बिहीबार ३०, साउन २०७६

धनुषा । रक्षाबन्धन तथा जनै पूर्णिमाको अवसरमा प्रदेश २ सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश २ सरकारले रक्षाबन्धन तथा जनै पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जारी गरेका शुभकामना सन्देशमा लेखिएको छ, ‘रक्षाबन्धन पर्वको अवसरमा साउन ३० गते प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हुँदा यस पर्वलाई हर्षोल्लासका साथ मनाउन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक अनुरोध गर्दछु ।’