पतिको मृत्यु पछि गर्भवती पत्नीले गरिन् आत्महत्या

Newslaya Home

पतिको मृत्यु पछि गर्भवती पत्नीले गरिन् आत्महत्या

बुधबार २९, साउन २०७६

काठमाडौं। धनकुटाकी एक जना महिलाले आत्महत्या गरेकी छिन् । आत्महत्या गर्नेमा टिका लिम्बु रहेकी छिन् ।

आइतबार कतारमा समुद्रमा पौडी खेल्ने क्रममा समुन्द्रको छालले बगाएर उनका पति ललित लिम्बुले ज्यान गुमाएका थिए ।

पतिको मृत्यु भएको खबर पाएपछि मर्माहत भएकी टीकाले पनि त्यसको भोलिपल्ट सोमबार झुण्डिएर आत्महत्या गरेकी बताइएको छ ।

धनकुटा समाज कतारका महासचिव रविन थापामगरका अनुसार ललित र टीका दुवै कतारमै थिए । टीका एक महिनाअघि मात्र नेपाल आएकी थिइन् र ललित पनि नेपाल फर्कने तयारीमा थिए । तर, अचानक ललितको मृत्यु भएपछि आहत भएकी पत्नी टीकाले पनि आत्महत्याको बाटो रोजेकी हुन् । टीका ५ महिनाकी गर्भवती भएको समेत महासचिव थापामगरले जानकारी दिएका छन् ।