झापामा एकजना मृत फेला

Newslaya Home

झापामा एकजना मृत फेला

बुधबार २९, साउन २०७६

झापा । झापामा एक व्यक्ति मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा झापाको शिवसताक्षी नगरपालिका १० का ५५ वर्षीय सपन चौधरी रहेका छन् । प्रहरीका अनुसार चौधरी माईखोलाको पुल देखी १ किलोमीटर दक्षिण खोलाको किनारमा पानीमा तैरीरहेको अवस्थामा फेला परेका थिए ।

घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।