रवि लामिछानेविरुद्ध पुडासैनीको सुसाइड भिडियो सार्वजनिक (भिडियोसहित)

Newslaya Home

रवि लामिछानेविरुद्ध पुडासैनीको सुसाइड भिडियो सार्वजनिक (भिडियोसहित)

श्रीमतीलाई भने, ‘अर्को बिहे गर, मलाई माफ गरिदेऊ’
बुधबार २९, साउन २०७६

काठमाडौ । पत्रकार शालिकराम पुडासैनीले सुसाइड भिडियो रेकर्ड गरेर आत्महत्या गरेको खबर केही दिनअघि सार्वजनिक भएको थियो । तर भिडियो सार्वजनिक नभएकोले गर्दा धेरैले पत्याएका थिएनन् ।

खासगरी भिडियोमा शालिकरामले रवि लामिछानेको कारणले गर्दा आफू बाँच्न नसक्ने अवस्थामा पुगेको भनेर अभिव्यक्ति दिएको भन्ने खबर बाहिरिएको थियो । लोकप्रिय टेलिभिजन पत्रकारको छवि बनाएका लामिछानेलाई फँसाउनका लागि झुटो खबर फैलाइएको भन्ने हल्लासमेत चलेको थियो ।

तर एउटा अनलाइनले उनको सुसाइड भिडियो सार्वजनिक गरेको छ । उनले भिडियोमा रवि लामिछाने, सिधाकुरा कार्यक्रमका सञ्चालक युवराज कँडेलको नाम बारम्बार लिएर अपराधी भनेका छन् । साथै स्मीता कार्कीको नाम समेत मुछेका छन् ।

वेलकम विज्ञापन एजेन्सीमार्फत् करोडौं कमाउने तर रातदिन काम लगाएर आफूहरुलाई कम पैसा दिने गरेको उनले रुँदै सुनाएका छन् । उनले आफ्नो तलब १८ हजार रुपैया पाउने गरेपनि किस्ता नै १८ हजार पाँच सय रुपैया तिर्ने गरेको बताएका छन् ।

दिनरात घोटिएर काम गर्दा पनि पैसा कमाउन नसकेको पीडा उनले भिडियोमा पोखेका छन् । तलब बढाउन भन्दा पनि नबढाएको बरु उल्टै धेरै काम लगाउने गरेको बताए । अन्तीम समयमा आफ्नो तलब १९ हजार रुपैया भएको बताए ।

कुमरीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदारुँदैको अवस्थामा दुई हात जोडेर उनले भनेका छन्, ‘सम्झना, तिमी भर्खर २२–२३ वर्षकी भयौ, अर्को बिहे गर, मलाई माफ गरिदेऊ ।’

‘मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ । तँ अब फसिस् भन्दै मलाई मर्न बाध्य पारेकोमा त्यो पापले तपाईंलाई पोल्नेछ ।’ उनले भनेका छन् ।

उनले भिडियोमा थप भनेका छन्, ‘मैले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरु डिपेन्डेण्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छौं भन्दै रालुका गाविस ओखलढुंगाकी केटी स्मीता कार्कीको पछि लगाए । त्यही केटीलाई मैले बीपी स्मृति हस्पिटल बसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान–बिहान पु¥याइदिएँ । पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ । त्यही क्रममा मैले न्युज २४ टेलिभिजन छाडेँ । त्यसबापत मलाई उहाँहरूले त्यही केटीलाई बलात्कार गरेको भनेर फसाउने षड्यन्त्र गर्नुभयो । त्यसकारण म अब यस संसारमा यस्तैगरी बाँचिरहन चाहन्नँ । मेरो हत्यारा तिमी हौ रवि । एक दिन पोल्नेछ । नेपालमा कानुन बने फाँसी दिए हुन्थ्यो ।’

उनले भिडियोमा श्रीमतीलाई सम्बोधन गर्दै करोडौंको सम्पत्ती भएको र त्यो उनैको भएको बताएका छन् । तर त्यसअघि उनले आफू ऋणका कारण डिप्रेसनमा परेको बताएका छन् ।

भिडियो सार्वजनिक भएसँगै मिश्रित प्रतिक्रिया आएका छन् । कतिले रवि लामिछानेकै कारण पुडासैनीले आत्महत्या गरेको भए रविलाई कारवाही हुनुपर्ने मागसमेत गरेका छन् ।