सप्तरी कारागारमा एक कैदीको मृत्यु

Newslaya Home

सप्तरी कारागारमा एक कैदीको मृत्यु

बुधबार २९, साउन २०७६

राजविराज । सप्तरी जिल्ला कारागारमा ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको तिरहुत गाउँपालिका ५ लोहजराका ७९ वर्षीय रवि मरिक रहेका छन् । ब्लड प्रेसरबाट पीडित मरिक अचानक बिरामी परेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्यु कारण खुल्ने बताइएको छ ।

उनलाई ज्यान मुद्दामा २ वर्ष ५ महिना कैद तोकिएको थियो । उनी २०७७ असार ६ गते कैद भुक्तानका लागि हाजिर भएका थिए।