यस्तो छ सोलार प्यानलबाट चार्ज हुने गाडी

Newslaya Home

यस्तो छ सोलार प्यानलबाट चार्ज हुने गाडी

बुधबार २९, साउन २०७६

काठमाडौँ । दक्षिण कोरियन सवारी निमार्ता कम्पनी हुण्डाईले सोलार प्यानलबाट चार्ज हुने गाडि सार्वजनिक गरेको छ ।

गाडीको छतमा सोनाटा हाइब्रिडको सोलार प्यानल जडान गरिएको छ । जसको मद्दतले कारको ब्याट्री दिनमा ३० देखि ६० प्रतिशतसम्म चार्ज हुने बताइएको छ।

यस सोलार प्यानलको मद्धतले दैनिक ६ घण्टा चार्ज भएका वार्षिक करिब १ हजार ३ सय किलोमिटर अतिरिक्त माइलेज दिने अनुमान गरिएको छ।

यो हाल दक्षिण कोरियामा मात्र विक्रि वितरण भइरहेको र चाडैनै उत्तर अमेरिकी देशमा पनि उपलब्ध हुने बताइएको छ।