पार्टी परित्याग गरेसँगै विप्लव समूहका कार्यकर्ता रिहा

Newslaya Home

पार्टी परित्याग गरेसँगै विप्लव समूहका कार्यकर्ता रिहा

बुधबार २९, साउन २०७६

भोजपुर । विप्लव माओवादी समूहमा आबद्ध भएको आरोपमा पक्राउ परेका सङ्खुवासभाको मादी नगरपालिका–५ का बुद्धिमान तामाङ कारागार मुक्त भएका छन् ।

उक्त समूहमा आबद्ध भएको भन्दै तामाङलाई गत वैशाख २३ गते प्रहरीले पक्राउ गरेको थियो । तामाङले सोमबार जिल्ला प्रशासन कार्यालयमा आगामी दिन सो समूहमा लागेर कुनैपनि गतिविधि नगर्ने भनी प्रतिबद्धता जनाउँदै एक विज्ञप्ति निकालेकापछि उनलाई कारागारमुक्त गरिएको प्रजिअ नुरहरि खतिवडाले जानकारी दिए ।