भोली रक्षा बन्धन, प्रदेश १ मा सार्वजनिक बिदा

Newslaya Home

भोली रक्षा बन्धन, प्रदेश १ मा सार्वजनिक बिदा

बुधबार २९, साउन २०७६

बिराटनगर । प्रदेश १ सरकारले रक्षा बन्धनको उपलक्ष्यमा बिहीबार सार्वजनिक विदा दिने भएको छ ।

संघ सरकारले रक्षा बन्धनको उपलक्ष्यमा सार्वजनिक विदा नदिएको अवस्थामा प्रदेश १ सरकारले १४ वटै जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुब सुवेदीले भोली प्रदेशमा सार्वजनिक बिदा भएको बताए । यो पर्व प्रत्येक वर्ष श्रावण महिनाको पूर्णिमाको दिन मनाइने गरिन्छ ।