सिरियामा विद्रोही नियन्त्रित क्षेत्रमा संघर्ष, ६० जनाको मृत्यु

Newslaya Home

सिरियामा विद्रोही नियन्त्रित क्षेत्रमा संघर्ष, ६० जनाको मृत्यु

बुधबार २९, साउन २०७६

काठमाडौं । विद्रोहीको नियन्त्रणमा रहेको पश्चिमोत्तर सिरियामा सत्ता समर्थक र विद्रोहीबीचको संघर्षका दौरान मंगलबार ६० जनाको मृत्यु भएको छ । सीरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सले दक्षिणी इदलिब र ग्रामीण लटाकियामा सरकार समर्थक ३० सुरक्षा बल र ३० विद्रोही लडाकु मारिएका जनाएको छ ।

सिरियाको पूर्व अल–कायदा संगठनको नेतृत्व रहेको जिहादी समूह हयात तहरीर अल–शामले गत जनवरीबाट इदलिब प्रान्तका साथै छिमेकी हामा, अलेप्पो र लटाकिया प्रान्तका अधिकांश भाग नियन्त्रणमा लिएको छ । ती क्षेत्रमा कयौं अन्य सशस्त्र विद्रोही समूह पनि सक्रिय छन् ।