झापामा बालिकाद्वारा बलात्कारीलाई खुकुरी प्रहार

Newslaya Home

झापामा बालिकाद्वारा बलात्कारीलाई खुकुरी प्रहार

बुधबार २९, साउन २०७६

झापा । झापामा बलात्कार गर्न खोज्ने युवकलाई बालिकाले खुकुरी प्रहार गरेकी छिन् । धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले झापा बुद्धशान्ति गाउँपालिमा १३ वर्षीया बालिकालाई बलात्कार गर्ने क्रममा बालिकाले खुकुरी प्रहार गरेकी हुन् । घटनापछि गुरुङलाई प्रहरीमा बुझाइएका छ ।

गुरुङले बालिकामाथि यसअघि पनि पटक–पटक बलात्कार गर्दै आएको खुलेको छ। बालिकाकी आमा वैदेशिक रोजगारीका क्रममा ओमनमा छन् भने बाबु गाउँमै मजदुरी गर्छन् । दिउँसो कोही नभएका मौका छोपेर घरमा आएर धम्की दिंदै बलात्कार गर्ने गरेको पीडितले बालिकाले बताएकी छन् ।

गुरुङले बलात्कारका विषयमा कसैलाई सुनाए बाबुलाई मारिदिने र विदेशमा रहेकी आमाको शव बाकसमा ल्याइदिने भन्दै धम्की दिने गरेको पीडित बालिकाको भनाइ छ । पछिल्लो पटक घरको कोठामै बलात्कार गर्न सुरु गरेपछि उनले छेउमै राखेको खुकुरी प्रहार गरेको बताएकी छन् । खुकुरी प्रहारबाट गुरुङको टाउकोमा गहिरो चोट लागेका थियो ।

बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।