सप्तरीमा मोटरसाइकलको ठक्‍करबाट वृद्धाको मृत्यु

Newslaya Home

सप्तरीमा मोटरसाइकलको ठक्‍करबाट वृद्धाको मृत्यु

बुधबार २९, साउन २०७६

राजविराज । सप्तरीमा नम्बर नलेखिएको मोटरसाइकलको ठक्‍करले एक वृद्धाको मृत्यु भएको छ । बोदे बर्साइनमा अनटेस्ट लेखिएको मोटरसाइकलले ठक्‍कर दिदा पैदलयात्री ७० वर्षीया फगुनी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

मोटरसाइकलले ठक्‍करबाट घाइते महिलालाई उपचारका लागि रामप्रसाद शारदा उमाप्रसाद मुरार अस्पताल लहान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्‍कर दिई फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।