वीपी प्रतिष्ठानको जागिर छाडेर धरानको मेयरमा सुजेन्द्र तामाङ उठ्ने

Newslaya Home

वीपी प्रतिष्ठानको जागिर छाडेर धरानको मेयरमा सुजेन्द्र तामाङ उठ्ने

बुधबार २९, साउन २०७६

धरान । धरानमा आगामी मंसिर १४ गते हुन लागेको मेयर पदको उपनिर्वाचनमा उठ्न सुजेन्द्र तामाङले वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जागिर छोडेका छन् ।

तामाङले प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा.गुरुप्रसाद खनाललाई स्वेच्छिक अवकाशको निवेदन बुझाएका छन् । तामाङ लामो समय देखि काग्रेसमा सक्रिय राजनिति गदै आएका छन् ।

जागिरबाट अवकाश लिएका तामाङले अब धरान र धरानवासीको सेवामा आफुलाई समर्पित गर्ने बताएका छन् । । उनले नेपाली कांग्रेस पार्टीमा मेयर पदका लागि आफु सशक्त दावेदार रहेको बताउदै आएका छन् ।


तामाङ नेपाली कांग्रेसका जिल्ला सचिव एवं प्रवक्तासमेत हुन् भने आदिबासी जनजाति अभियन्ता पनि हुन् । लामो समय देखि धरान क्षेत्रमा सक्रिय रुपमा समाजसेवामा लाग्दै आएका तामाङ धरान काग्रेसमा शक्तिशाली नेता हुन ।