१० दिनपछि खोलियो जम्मुको प्रतिबन्ध

Newslaya Home

१० दिनपछि खोलियो जम्मुको प्रतिबन्ध

बुधबार २९, साउन २०७६

काठमाण्डौ । १० दिनपछि भारत सरकारले जम्मुमा लगाएको प्रतिबन्ध खोलेको छ।

बुधबार पत्रकार सम्मेलन गर्दै सुरक्षा स्थिति पूर्ण रूपमा नियन्त्रणमा आएकाले ४ अगस्टदेखि लगाएका प्रतिबन्ध हटाइएको जम्मु कस्मिरका प्रमुख सचिव कन्साल र प्रहरी अतरिक्त महानिरीक्षक मुनिर खानले बताएका छन् ।

अवस्था सामान्य भएकाले बुधबारदेखि बजार, यातायात, शिक्षण संस्था र अन्य व्यवसाय पनि खुलेको खानको दाबी छ। कस्मिरका केही स्थानमा भने प्रतिबन्ध कायम रहेको उनले बताए।