सुनको भाउ घट्योे

Newslaya Home

सुनको भाउ घट्योे

बुधबार २९, साउन २०७६

काठमाण्डौ । बुधबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । सुन बुधबार तोलाको ७० हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुन तोलाको ७१ हजार रुपैयाँ पुगेको थियो । अमेरिकाले चिनियाँ सामानमा आउँदो महिनादेखि बढाउने भनेको कर कार्यान्वयनमा ढिलाइ गर्ने भएपछि अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ केही घटेको महासंघले जनाएको छ ।

यसैबीच नेपाल सुनचाँदी व्यवसायी महासंघले तत्काल पुराना गहना नबेच्न सबैसँग अनुरोध गरेको छ । भाउ बढेपछि व्यापार नै हुन छाडेको भन्दै पुराना सामान बेच्न नल्याउन महासंघले अनुरोध गरेको हो ।