डाक्टरको चरम लापरवाही, तीनवटा दाँत र दाँत अड्याउने ‘मेटल प्लेट’ घाँटीमै अड्कियो

Newslaya Home

डाक्टरको चरम लापरवाही, तीनवटा दाँत र दाँत अड्याउने ‘मेटल प्लेट’ घाँटीमै अड्कियो

बुधबार २९, साउन २०७६

काठमाडौं । डाक्टरको चरम लापरवाहीका कारण कृतिम दाँत अड्याउन मुखमा राखिएको ‘डेन्टर’ शल्यक्रियाको क्रममा एक व्यक्तिको घाँटीमै अड्किएको छ ।

७२ वर्षका बेलायती पुरुषको मुखमा रहेको कृतिम दाँत शल्यक्रियाको क्रममा निकालिएको थिएन । दाँत अड्याउन प्रयोग भएको केही भाग उनको घाँटीमा गएर अड्किएको थियो । सो कुरा शल्यक्रिया भएको ८ दिनपछि मात्रै जानकारी भएको एक मेडिकल जर्नलनमा प्रकाशित भएको छ ।

ती व्यक्ति निल्न समस्या हुने तथा खकारमा रगत खाउने समस्या देखिएपछि अस्पतालको आकश्मिक कक्षमा भर्ना भए । डाक्टरले छातीको एक्स–रे गरे, निमोनिया भएको भन्दै एन्टिबायोटिक र स्टेरोइड्स दिएर घर पठाए । तर समस्या समाधान भएन ।

त्यसपछि ती व्यक्ति अर्को अस्पताल गए । त्यहाँ गरिएको एक्स–रे पछि उनको घाँटीमा कृतिम दाँत अड्याउन प्रयोग भएको डेन्टरको केही भाग अड्किएको थाहा भयो ।

कृतिम दाँत अड्याउन प्रयोग भएको फलामको प्लेट र तीनवटा कृतिम दाँत उनको घाँटीको माथिल्लो भागमा अड्किएको थियो । डाक्टरले अड्किएको दाँतसहितका कुरा निकालेपछि उनलाई आराम भयो ।

ती व्यक्तिले अस्पतालमा सामान्य खालको शल्यक्रियाका लागि गएका बेला आफ्नो डेन्टर हराएको ठानेका थिए ।