मृत्यु भइसकेका भनिएका राष्ट्रपति सार्वजनिक बैठकमा देखिएपछि........

Newslaya Home

मृत्यु भइसकेका भनिएका राष्ट्रपति सार्वजनिक बैठकमा देखिएपछि........

बुधबार २९, साउन २०७६

काठमाडौं । केहि समय अघि व्यापक रुपमा मृत्यको हल्ला चलाइएका तुर्केमिनिस्तानका राष्ट्रपति गुर्वान्गुली बर्दिमुखामेदोभ सोमबार क्यास्पियन सि रिसोर्ट शहरमा आयोजित क्षेत्रिय नेताहरुको सहभागिता रहेको आर्थिक मन्चमा उपस्थित भएका थिए ।

गत महिना सम्पूर्ण रुसी भाषाका संचार माध्यमले उनको मृगौलाको खराबीका कारण मृत्यु भएको हल्ला फैलाए यता उनी पहिलोपटक सार्वजनिक स्थानमा देखा परेका हुन् । तर तुर्कमेन संचार माध्यमले भने राष्ट्रपतिले विदा मनाउँदै गरेको फुटेज प्रशारण गरेर सो हल्ला गलत भएको पुष्टि गर्न खोजेको थियो ।

तर ती फुटेज हालसालै खिचिएका हुन् भनेर कसैले स्वतन्त्र पुष्टि भने गरेको थिएन । तर सोमबार रिसोर्ट शहर आभाजामा क्षेत्रिय बैठकमा उनले भाग लिँदै गरेको सबैले देखेपछि सो हल्ला आफैं गलत सावित भएको छ ।

उनको मृत्युको खबर सबैभन्दा पहिले तुर्कमेन सरकारको विरोध गर्ने विदेशस्थित एउटा सानो मिडिया आउटलेटले प्रशारण गरेको थियो । त्यसको लगत्तै रसियाको प्रमुख समाचार निकाय एनटिभी लगायत अन्य संचार माध्यमले पनि सो खवर प्रशारण गर्न थालेपछि अन्य पुर्व सोभियत गणराज्य मुलुकहरुले पनि त्यसलाई निरन्तरता दिएका थिए ।

अन्ततः उनको मृत्युको खबर सामाजिक संजालमै भाइरल भएको थियो ।