सन्दीपले पाए अमेरिकाको भिसा

Newslaya Home

सन्दीपले पाए अमेरिकाको भिसा

बुधबार २९, साउन २०७६

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । मंगलबार भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले केहीबेरमा भिसा दिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०१९ खेल्नका लागि उनले अमेरिकाको भिसा अप्लाइ गरेका थिए ।

तर काठमाडौंमा रहेको अमेरिकी दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेपछि सन्दीपले हेल्लो सरकार र प्रधानमन्त्रीलाई मेन्सन गर्दै ट्विट गरेका थिए । त्यसको केहीबेरमा उनलाई भिसा दिइएको हो ।