लो भोल्टेजले समस्यामा परेपछी सुन्दरदुलारीवासीले गरे विद्युत कार्यालय घेराउ

Newslaya Home

लो भोल्टेजले समस्यामा परेपछी सुन्दरदुलारीवासीले गरे विद्युत कार्यालय घेराउ

मङ्गलबार २८, साउन २०७६

इटहरी । सुन्दर दुलारीका सर्वसाधारणहरु लो भोल्टेजका कारण समस्यामा परेका छन् ।

सुन्दरहरैचा नगरपालिकाअन्तर्गतको साविक दुलारीका ३,४,५,६,७ नम्बर वडामा लो भोल्टेजको समस्या देखा परेको हो । अत्याधिक गर्मीको समयमा लाईन हुदा पनि भोल्टेज नभए पछि स्थानीयहरुले विद्युत कार्यालय घेराउ गरेका छन् ।

निर्वाचित जनप्रतिनिधिहरुसहित ज्ञापनपत्र बुझाउन ग्रामिण विद्युत सहकारी संस्था गछिया पुगेका स्थानीय र प्रहरी बीच घम्साघम्सी समेत भएको थियो ।

दुलारी क्षेत्रमा हरेक बर्ष लो भोल्टेजको समस्या देखा पर्दै आएको छ ।