उद्योग वाणिज्य संघ इटहरीद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

Newslaya Home

उद्योग वाणिज्य संघ इटहरीद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

मङ्गलबार २८, साउन २०७६

इटहरी । तिजको अवसरमा उद्योग वाणिज्य संघ इटहरीले गरेको स्वास्थ्य शिविरमा २९२ जना महिलाले सेवा लिएका छन् ।

एक दिने स्वास्थ्य शिविरमा नोवल मेडिकल कलेज बिराटनगरका डाक्टरहरुले स्वास्थ्य जाच गरेका थिए । महिलाहरुको पाठेघर, स्तन क्यान्सरसमेतको जाच गरिएको थियो ।

उद्योग वाणिज्य संघ इटहरीकी कोषाध्यक्ष तथा कार्यक्रम संयोजक गायत्री भण्डारीका अनुसार परिक्षणमा १६५ जनाले अल्ट्रा साउण्ड, १२५ जनाले इसिजिको सेवा लिएका थिए भने ५५ जना जटिल समस्याका बिरामीहरु भेटिएका भण्डारीले जानकारी दिइन् । जसमध्ये ६५ जनालाई नोवल मेडिकलमा रेफर गरिएको छ ।

निःशुल्क परिक्षण संगै करिब एक लाख २५ हजार बराबरको औषधि पनि निःशुल्क बितरण गरिएको उनले बताइन् । जसमध्ये ७५ हजार बराबरको औषधि नवरत्न मेडिसिन, इटहरीले सहयोग गरेको थियो भने देव मेडिकल र रोशन कटुवालले ५० हजार बराबरको औषधी सहयोग गरेका छन् ।