बालिका करणीको आरोपमा झापाबाट एकजना पक्राउ

Newslaya Home

बालिका करणीको आरोपमा झापाबाट एकजना पक्राउ

मङ्गलबार २८, साउन २०७६

झापा । झापबाट बालिकालाई जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका २ मा ज्याला मजदुरीको काम गर्ने धनकुटा घर भएका २३ वर्षीय सन्तोष तामाङ रहेका छन् ।

उनीमाथि १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप रहेको छ ।

उनलाई इलाका प्रहरी कार्यालय बुधबारेबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।