पोखरामा भएको आगलागीमा २३ पसल जले, १० करोड क्षतीको अनुमान

Newslaya Home

पोखरामा भएको आगलागीमा २३ पसल जले, १० करोड क्षतीको अनुमान

मङ्गलबार २८, साउन २०७६

पोखरा । पोखराको न्युरोडस्थित एस मिनी मार्केटमा भएको आगलागीमा २३ वटा पसलका सबै सामान जलेका छन् ।

क्षतीको यकिन विवरण नआएपनि आगलागीबाट करिब १० करोडको क्षती भएको अनुमान गरिएको व्यवसायीहरुले बताएका छन् ।

दिउँसो करिब ४ बजेतिर भएको आगलागी १० मिनेटमा सबै पसलमा फैलिएको थियो । आगलागी भएको करिब १५ मिनेटपछि पोखरा महानगरपालिकाको दमकल पुगेको थियो ।

चार वटा दमकल, केहि ट्यांकर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा आएको हो।