सगरमाथा टिन्स क्लबका विद्यार्थीहरुलाई सकारात्मक सोचका लागि उत्प्रेरणा

Newslaya Home

सगरमाथा टिन्स क्लबका विद्यार्थीहरुलाई सकारात्मक सोचका लागि उत्प्रेरणा

मङ्गलबार २८, साउन २०७६

धरान । आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तरगत संचालन रहेको ‘म अघि बढ्छु’ अभियानबाट किशोर किशोरीबाटै उनीहरुलाई सकारात्मक सोचको विकाश गर्दै कुलतबाट बचाउँदै असल नागरिक बनाउन प्रदेशका १४ वटै जिल्लामा रहेका विद्यालयहरुमा उत्प्रेरणा कार्यक्रम शुरु भएको छ ।

प्रदेश नम्बर १ सरकारले शुरु गरेको ‘म अघि बढ्छु’ अभियान अन्तरगतको सगरमाथा टिन्स क्लबका विद्यार्थीहरु संग राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा म्यागेसेसे पुरस्कार विजेता महाविर पुनले अन्तरक्रिया गरेका छन् । सोमबार देखि मोरङका विभिन्न विद्यालयहरुबाट शुरु भएको उत्प्रेरणा तालिम सुनसरीका विभिन्न विद्यालयहरुमा सम्पन्न भएको छ ।

उत्प्रेरणा कार्यक्रममा पुनले देशको समृद्धिका लागि युवाहरुको भुमिकाको विषयमा अन्तरक्रिया गरेका थिए । मंगलबार पुनले धरानस्थित पब्लिक मावि, एम्स एकेडेमी, युरेका मावि, विजयपुर मावि, डिपो मावि र तराहराको राष्ट्रिय मावि, इटहरकिो ब्लमिङ मावि, दुहवीको सरस्वति माविका विद्यार्थीहरुलाई सकारात्मक सोचका लागि उत्प्रेरित गरेका छन् ।

प्रदेशको सामाजिक तथा सास्कृतिक पक्षहरुलाई सुदृढ गर्दै किशोर अवस्थामा प्रवेश गरेका ९ देखि १२ कक्षा सम्म अध्ययन गर्ने १३ देखि १९ वर्ष सम्मका विद्यार्थीहरुलाई सक्षम, जिम्मेवार, चरित्रवान, सकारात्मक, सुसंस्कृत, र लागु औषध दुव्यसनबाट मुक्त समतामूलक समाज निर्माण गर्न सहयोग पु¥याउने अभियान संचालन गरिएको कार्यक्रम कार्यान्यवन ईकाइ समितीका संयोजक नवराज राईले बताए ।

प्रदेश नं. १ का करिब २१ सय विद्यालयहरुमा सगरमाथा टिन्स क्लब गठन गरिसकेको राईले बताए । उनका अनुसार अहिले सम्म २ सय ९ विद्यालयमा क्लब गठन गरिसकेको छ । सोमबार देखि शुरु भएको उत्प्रेरणा कार्यक्रम प्रदेशका १४ वटै जिल्लाका विद्यालयहरुमा संचालन हुनेछन् । दुई दिनको कार्यक्रमबाट करिब १६ सय विद्यार्थी लाभान्वित भएको राईको भनाई छ । बुधबार झापा जिल्लाका विद्यालयहरुमा उत्प्रेरणा कार्यक्रम हुने उनले बताए ।