वृद्ध जोडीले हतियार सहित आएका डाँकालाई लखेटे (भिडियोसहित)

Newslaya Home

वृद्ध जोडीले हतियार सहित आएका डाँकालाई लखेटे (भिडियोसहित)

मङ्गलबार २८, साउन २०७६

काठमाडौं । भारतको तमिलनाडुस्थित कल्याणीपुरममा एक वृद्ध जोडीले हतियार (खड्ग) सहित आएका डाँकालाई लखेटेका छन् ।

उनीहरुले घरैमै भएका कुर्सि लगायतका सामानले हिर्काएर डाँकाहरूलाई लखेटेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

खड्ग भिरेको एक डाँकाले ७२ वर्षीय शानमुगावेलको पछाडिबाट कपडाले घाँटी अँठ्याउन खोज्छ । हल्लाखल्ला भएपछि उनकी पत्नी सेन्थामाराई बाहिर आएर भेटे जति सबै सामानले डाकालाई हिर्काउँछिन् ।

आइतवार राति भएको घटनामा सेन्तमाराईले जुत्ता, कुर्सी, फोहर राख्ने भाँडो सबैले डाँकालाई हिर्काएपछि डाँकाले शानमुगावेललाई छोड्छ । पछि शानमुगावेलले एक डाँकाको टाउकोमा कुुर्सी हिर्काएपछि उनीहरू भाग्छन् ।

शानमुगावेललाई विगत तीन वर्षमा दुईपटक डाँकाहरूले लुटेपछि उनले घरमा १४ वटा सीसीटीभी क्यामरा जडान गरेका थिए ।

सेन्तामाराईको सुनको चेन डाँकाहरूलाई प्रतिकार गर्ने क्रममा हराएको र उनको दाहिने हातमा काटिएको प्रहरीले जनाएको छ ।