बिर्तामोडमा निर्माणाधिन होटलमा सेक्यूरिटी गार्डको शव फेला

Newslaya Home

बिर्तामोडमा निर्माणाधिन होटलमा सेक्यूरिटी गार्डको शव फेला

मङ्गलबार २८, साउन २०७६

बिर्तामोड । बिर्तामोड–४ मा निर्माणाधिन द्वारिका होटलमा मंगलबार विहान शव फेला परेको छ । शव बिर्तामोड–७ का ४७ वर्षीय शशि शिवाकोटीको रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । ।

निर्माणाधिन होटलको पूर्व तर्फ रहेको १ तलेघरको बरण्डामा शिवाकोटीको शव फेला परेको थियो । शरिरभरी चोटैचोट रहेको अवस्थामा शव भेटिएको प्रहरी ले जानकारी दिएको छ ।

होटलमा ३ दिनदेखि गार्डको रुपमा कार्यरत शिवाकोटी अविवाहित व्यक्ति हुन् । उनी कनकाई सेक्यूरिटी सर्भिसबाट त्यहाँ काम गर्न गएको बुझिएको छ । शवको पोष्टमार्टका लागि घोपा लगिएको प्रहरीले जनाएको छ ।