इराकमा हवाई आक्रमण, १० जनाको मृत्यु

Newslaya Home

इराकमा हवाई आक्रमण, १० जनाको मृत्यु

मङ्गलबार २८, साउन २०७६

काठमाण्डौ । इराकमा भएको हवाई आक्रमणमा परी दश जनाको मृत्यु भएको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी सुरक्षा बलले संयुक्त रुपमा गरेको कारबाहीमा मारिएका सबै इस्लामिक स्टेट्स (आइएस) का लडाकू रहेका जनाइएको छ ।

आइएस लडाकूहरु लुकेर बसेको सूचनाका आधारमा उनीहरुले देशको पश्चिमी अनबार प्रान्तमा आक्रमण गरेका हुन् । सिटिएसले अतिवादी लडाकूहरु विरुद्ध गरेको कारबाहीका क्रममा उनीहरुमध्ये दश जनाको मृत्यु भएको वक्तव्यमा उल्लेख गरिएको छ ।