चलचित्र घरजमको टिजर सार्वजनिक (भिडियोसहित)

Newslaya Home

चलचित्र घरजमको टिजर सार्वजनिक (भिडियोसहित)

मङ्गलबार २८, साउन २०७६

काठमाडौं । चलचित्र ‘घरजम’को टिजर र पोष्टर सार्वजनिक भएको छ। निर्देशक मौसम इम्बुङले चलचित्र निर्माण गरेका हुन् ।निर्माता किशोर पन्धाकले नेपाली समाजको सामाजिक, सांस्कृतिक पक्षलाई समेटर चलचित्र बनाइएको बताएका छन्।

चलचित्र पाँचथरको याङ्वरक र ललितपुरमा छायाँकन गरिएको छ। चलचित्रमा सिर्जना सुब्बा, बुद्धि तामाङ, यासेली योङहाङ, शैलेन्द्र थेबे, कुशल थलङ, सुष्मा लिम्बु, किशोर पन्धाक, सीता तुम्बापो पन्धाक लगायतको अभिनय रहेको छ।

रोमियो फिल्म्स् प्रा.लि.को ब्यानरमा निर्मित चलचित्र ‘घरजम’ लाई आगामी सेप्टेम्बर १५ मा हङकङस्थित वाम्पो गोल्डेन हार्वेस्ट सिनेमा हलमा ग्राण्ड प्रिमियर शो हुने निर्देशक इम्बुङले जनाकारी दिएका छन् ।