सन्दीप लामिछानेलाई अमेरिकी राजदूतावासद्वारा भिसा दिन अस्वीकार

Newslaya Home

सन्दीप लामिछानेलाई अमेरिकी राजदूतावासद्वारा भिसा दिन अस्वीकार

मङ्गलबार २८, साउन २०७६

काठमाण्डौ । राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी राजदूतावासले भिषा दिन अस्वीकार गरेको छ। सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमा अमेरिकाले भिसा नदिएको भन्दै दुखेसो पोखेका छन्।

सन्दीपले ट्वीटमा आउँदो क्यारिबियन प्रिमियर लिग(सीपीएल) २०१९ का लागि सोमबार नेपालस्थित अमेरिकी राजदूतावासमा मेरो भिसा अस्वीकार हुँदा ठूलो आश्चार्यमा परेको लेखेका छन् ।

सम्पूर्ण आवश्यक कागजातहरु पूरा गर्दा पनि भिसा नपाउँदा आश्चार्यमा परे । खेलाडीका रुपमा यसले मलाई सीपीएलमा खेल्न समस्या हुने उनले लेखेका छन् ।

सन्दीपले ट्वीटमा नेपालस्थित अमेरिकी राजदूतावास, राजदूत एन्डी बेरी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री युवराज ज्ञवाली लगायतलाई मेन्सन गरेका छन्।

सन्दीपले यस सिजनको क्यारिबियन प्रिमियर लिग९सीपीएल०मा बार्बाडोस ट्रिडेन्ट्सबाट खेल्दैछन्। सीपीएल आगामी सेप्टेम्बर ४ तारिखबाट सुरु हुँदैछ। त्यसका लागि सन्दीप यही अगष्ट अन्तिम अथवा सेप्टेम्बर पहिलो साता वेष्ट इण्डिज उड्ने योजनामा थिए।