धुलाबारी हिरासतको ताला फोडेर दुई भारतीय थुनुवा फरार

Newslaya Home

धुलाबारी हिरासतको ताला फोडेर दुई भारतीय थुनुवा फरार

मङ्गलबार २८, साउन २०७६

झापा । इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासत कक्षको ताला फोडेर दुई भारतीय थुनुवा फरार भएका छन् । प्रहरी हिरासतमा रहेका दुई भारतीय थुनुवा सोमबार राति फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

फरार हुनेमा भारतको दार्जिलिङ जिल्ला अल्छियाका २६ वर्षीय गणेश कामती र सोही स्थानका २९ वर्षीय कृष्ण मण्डल रहेकोजनाइएको छ ।

चोरीको आरोप लागेको विषयमा हिरासतमा राखेर प्रमाण जुटाउँदै गरेको अवस्थामा कैदी फरार भएको प्रहरीले जनाएको छ । डिउटीमा बसेको प्रहरी शौचालय गएको मौका पारेर उनीहरु भागेको जनाइएको छ ।

थुनुवा भाग्नु गम्भीर कुरा भएकाले ड्युटीमा रहेका प्रहरीमाथि प्रहरी कार्यालय झापाले अनुसन्धान सुरु गरेको छ । घट्नापछि दुवै भारतीय थुनुवाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।