सुनमा फेरि बन्यो अर्को रेकर्ड

Newslaya Home

सुनमा फेरि बन्यो अर्को रेकर्ड

मङ्गलबार २८, साउन २०७६

काठमाडौं । मंगलबार सुनको भाउ बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । नेपाली बजारमा अघिल्लो दिनको तुलनामा भाउ १ हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । मंगलबारको भाउ अहिलेसम्मकै उच्च हो । यसअघि सोमबार सुनको मूल्य ७० हजार रुपैयामा कारोबार भएको थियो ।

महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य पनि प्रतितोला पनि १ हजार रुपैयाँले बढेर ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी पनि प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।