इबोला उपचारका लागि पत्ता लाग्यो औषधि

Newslaya Home

इबोला उपचारका लागि पत्ता लाग्यो औषधि

मङ्गलबार २८, साउन २०७६

काठमाडौ । इबोला भएका बिरामीहरुको उपचारका लागि नयाँ नयाँ औषधि प्रयोग गर्ने क्रममा एक औषधिले निकै राम्रो नतिजा दिएको विश्व स्वास्थ्य संगठनले पत्ता लगाएको छ ।

आरइजिएन–इबिथ्री नाम दिइएको उपचार पद्धतिमा एमएबी११४ नामको औषधिले निकै राम्रो नतिजा दिएको र यसलाई नै इबोलाको औषधि मान्न सकिने निष्कर्षमा उनीहरु पुगेका छन् । यो प्रयोग कंगोमा इबोला पीडितहरुसँग गरिएको थियो । यसलाई दुई एन्टिबायोटिक औषधि म्याप र रेमडेसिभिरसँग दिइएको थियो ।

यसको परीक्षण गत नोभेम्बरबाट सुरु गरिएको थियो । अहिले पनि फेरि इबोलाको महामारी फैलिएको छ । यसअघि इबोलाका कारण १८ सयभन्दा धेरै व्यक्तिको मृत्यु भइसकेको छ ।