क्रिकेटको बलमा पनि ‘माइक्रो चिप’ !

Newslaya Home

क्रिकेटको बलमा पनि ‘माइक्रो चिप’ !

मङ्गलबार २८, साउन २०७६

काठमाडौं । क्रिकेट खेलमा अब बलमा पनि माइक्रो चिप हुने भएको छ । अहिलेसम्म ब्याटमा सेन्सर जोडिएको हुन्थ्यो ।

अस्टे«लियामा हुने बिग बास प्रतियोगिताबाट भने बलमा पनि ‘माइक्रो चिप’ जडान गरिने भएको छ । आगामी १४ डिसेम्बरबाट हुने प्रतियोगिताका लागि ‘माइक्रो चिप’युक्त बल निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ ।

यस्तो बलले बलरको स्पीड, प्री बाउन्स र पोस्ट बाउन्सलगायत रेकर्ड गर्नेछ ।